‘प्रेममा हरकोहीले जित चाहन्छन्’ – निखिल उप्रेती

साउन, काठमाडौं ।

नेपाली सिनेक्षेत्रमा एक्शन नायकको रुपमा चिनिएका अभिनेता निखिल उप्रेती पछिल्लोसमय चलचित्र रुद्र लिएर दर्शकमाझ आउँदैछन्। यस चलचित्रमा उनी  पहिलोपटक नेगेटिभ भुमिकामा देखिएका छन्। चलचित्रमा  निखिल नायिका सारा र नायक विश्व शर्माको प्रेममा भिलेनको रुपमा देखापरेका छन्।

यसैविच चलचित्रमा आफ्नो भुमिकाको बारेमा बोल्दै निखिलले आफुले प्रेम पाउनका लागि मानिस जस्तोसुकै कार्य गर्न सक्ने तथा अरुको प्रेममा पनि बाधक बन्न सक्ने बताएका छन्। उनले जो कोहीले पनि आफ्नो प्रेमलाई जित्न चाहने हुनाले आफुपनि प्रेमलाई पाउने प्रयासमा लाग्ने युवकको भुमिकामा रहेको बताएका छन्। यसरी नै चलचित्रमा आफुने मन पराएको केटीलाई पाउनका लागि अर्को प्रतिपक्षसंग लडेको बताएका छन्। यसअघिका चलचित्रमा हिरोको रुपमा फाइट गरे। होस या लडेर प्रेमलाई जित्ने गरेको भन्दै रुद्रमा भने भिलेन भन्दा पनि नकारात्मक रोल भएको हिरोको रुपमा रहेको बताएका छन्।

वास्तविक जिवनमा पनि आफुले मन पराएको प्रेमलाई अरु संग देख्दा हुने नराम्रो फिलिंक्सलाई चलचित्रमा देखाउनका लागि भिलेनको रुपमा आएको बताउँछन्। साथै उनले प्राय प्रेममा जित पनि दुई किसिमको हुने बताएका छन् उनका अनुसार जितेर पनि हारेको महशुस हुन्छ भने अर्को हारेर पनि जितको महशुस हुन सक्छ्।

उनको चलचित्र रुद्र साउन १३ बाट प्रर्दशनमा आउँदैछ।