<pre><b>साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बाहुबलीपछि निकैनै चर्चामा आएका प्रभास यतिवेला हरेक फ्यानका नजरमा पर्न सफल भएका छन्। अब उनको आगामी फिल्म कुन होला भन्ने पनि सबैमा उत्सुकता छाएको छ। यसैविच उनको आगामी फिल्म साहोको फस्र्टलुक बाहिरिए लगत्तै भाइरल बनेको छ। उनको हालै आउट भएको लुक्समा उनी निकै क्युट तथा अट्रेक्टींग देखिएका छन्। </p><p style="text-align: justify; ">उनको यो तस्विर कुनै फिल्मको हो या कुनै फोटोशुटको हो यो भने खुलेको छैन्। तर यसमा प्रभास निकै राम्रो देखिएका छन् र उनको यो लुक्स यतिवेला निकैनै भाइरल बन्न पुगेको छ। हालै प्रभासले एक इंटरव्यूमा उनी साहोको अलावा अर्को फिल्ममा पनि देखिने बताएका थिए। एजेन्सी </p>







३ श्रावण २०७४, मंगलवार ०९:१९ 








