निर्देशक निलुको सम्झनामा ओस्कारका विद्यार्थीलाई छात्रवृत्ति

...

<pre><b>साउन, काठमाडौं ।&nbsp;</b></pre><p>दुई साताअघि हृदयघातका कारण निधन भएकी &nbsp;निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । आइतबार डोल्माको परिवार र कलेजबीच ओस्कारमा पढ्ने ३ &nbsp;जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ ।&nbsp;</p><p>निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै अस्कर कलेजमा छात्रवृत्तिको संख्या २२ &nbsp;पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए । ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको इनफिनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ, भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ । छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ ।</p>