‘किस्मत २’ ले जिम्मेवारी र चुनौती थपिदियोः लामिछाने

...

बैशाख, काठमाडौं । निर्देशक ऋषि लामिछाने चलचित्र ‘किस्मत २’ को निर्देशनको अवसरलाई आफुले जिम्मेवारी र चुनौतीको रुपमा ग्रहण गरेको बताउनु भएको छ । छविराज दाइले निर्देशनका लागि मलाई नै दोहोर्याउनु भयो यो खुसीको कुरा हो तर सँगसँगै जिम्मेवारी र चुनौति महसुस गरिरहेको छु , किस्मत २, पहिलाको हिट फिल्म भएकोले पनि मलाई अझ जिम्मेवारी थपिएको महसुस भएको छ , निर्देशक लामिछानेले बताउनु भयो ।

Rishi Lamichhane
चलचित्र ‘हवल्दार सुन्तली’ ले राम्रो व्यापारसँगै सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक लामिछानेलाई किस्मत २ पनि निर्देशनको जिम्मा लगाईएको हो । यसअघि अर्का निर्देशक श्याम भट्टराईले निर्देशन गर्ने भनिएतापनि अमेरिका गएका श्याम भट्टराई फर्कन ढिला हुने भएपछि निर्देशनको अभिभारा ऋषिलाई सुम्पने निर्णय गरेको छवि ओझा बताउनु भयो ।

छविराज प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा श्याम भट्टराईको कथा, सामीप्य राज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्म जेठको पहिलो हप्ताबाट फ्लोरमा जाने र तिहारको समयमा रिलिज हुनेछ ।