बद्री पंगेनी भन्छन्- ‘नखाएको बिष लाग्यो’ (बद्रीको भनाई सहित)

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

गायक बद्री पंगेनीलाई तास खेल्दा खेल्दै प्रहरीले पक्रियो भन्ने समाचार बुधबार अनलाइन मिडियाहरुमा भाइरल बन्न पुग्यो । तर यता गायक ब्रदी पंगेनीले आफुलाई प्रहरीले पक्रिएको भन्ने कुरा गलत भएको बताएका छन् । उनीले आफु प्रहरी चौकी पुगेको तर प्रहरीले पक्राउ गरेको भन्ने चाँही गलत भएको बताएका छन् ।

गायक पंगेनीले साथीभाईलाई छुटाउनका लागी प्रहरी चौकी पुग्दा आफु मुछिएको मात्र बताएका छन् । ‘मलाई एक्कासी फोन आयो । दाई हामी यस्तो यस्तो कारणले महाराजगंन्ज प्रहरी चौकीमा छौं । छुटाउन आउनु पर्यो भन्नु भयो । त्यसपछि म तुरुन्तै महाराजगंन्ज चौकी पुगेँ । त्यहाँ पुग्दा केहि साथीहरु र केहि सहकारीमा कामगर्ने महिलाहरु पनि हुनुहुन्थ्यो म आफ्ना नजिकका साथीभाईहरुसँग अलि चर्को स्वरमा झर्किएँ । त्यसपछि म त्यहाँबाट तुरुन्तै निस्किएको हुँ । प्रहरीले समातेर लग्यो रे, २ लाख सहित समात्यो रे भन्ने सबै कुरा गलत हुन् ।’, पंगेनीले भन्छन् ।

ब्रदीले तपाईलाई छुटाउनका लागी केपि ओलीको फोन समेत आयो रे नि भन्ने प्रश्नमा भन्छन्— ‘केपि ओलीको फोन आयो भन्ने सरासर गलत कुरा हो । कसैको फोन आएको पनि छैन । पहिलो कुरा त म पक्राउ परेकै हैन ।’ तपाईले एमाले गीत गाएपछि तपाईको बिरोद गर्नेहरुले यस्तो गरेका हुन् भन्ने कता कता हल्ला पनि छ नि भन्ने कुरामा उनी भन्छन्— ‘म एक कलाकार हुँ मैले सबैखाले गीत गाएको छु । अब कांग्रेस तथा माओवादीको गीत पनि गाउने तयारीमा हुँ । हो चुनावको बेलामा गाएको एमाले गीत अत्यधिक हिट भयो तर मैले एमाले गीत गाएँ भन्दैमा रिस गर्नुभएन नि । एक कलाकार हुँ सबैखाले गीत गाउछुँ । तर गीत गाएको कारण रिश गर्नेहरुले यस्तो गरे भन्ने होइन ।’

गायक बद्री पंगेनीले पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि यस्ता कुरा भाइरल बन्ने गरेको बताए । ‘मैले तास खेल्दै नखेल्ने भन्ने होइन । दशै तिहार जस्तो चाडबाडमा कहिले काँही खेल्छु तर यसरी तास खेलेर पैसासहित समात्यो भन्ने सरासर गलत हो ।’ उनी भन्छन् । उनले आफुलाई प्रहरीले समात्यो भन्ने समाचार आइरहदा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कार्यालयमै भएको बताए । बद्री पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अध्यक्ष समेत हुन् ।

Video Report: