‘प्रेमगीत २’ लाई साइवर सुरक्षाको आश्वासन

साउन, काठमाडौं।

साउन १३ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘प्रेमगीत २’ र रिपोटर्स क्लब विच चलचित्रको साइवर सुरक्षाको विषयमा छलफल भएको छ। चलचित्र निर्माण देखि प्रर्दशनको छेको सम्ममा आइपुग्दा सम्ममा विभिन्न साइवर समस्या खेपिरहेको प्रेमगीत २ ले सरोकार समक्ष विश्वस्तता खोजेको हो । निर्माता संघ अध्यक्ष आकाश अधिकारीले सिनेमालाई प्रतिलिपि अधिकार उल्लंघनका मुद्दाबाट जोगाउन संस्था सचेत रहेको बताए ।

संघमा रहेको साइवर सेललाई सक्रिय तुल्याउने बताउँदै अधिकारीले प्रेमगीत २ निर्मातालाई सम्भावित समस्या हुन नदिन ढुक्क तुल्याए । भारतको केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्षलाई भेट गरेर आफूले भारतमा नेपाली फिल्म सेन्सर सहजीकरणका लागि प्रयत्न गरेको बताए ।

रिपोटर्स क्लब अध्यक्ष ऋषि धमलाले प्रेमगीत २ लाई साइवर थ्रेट हुन नदिन आफ्नो संस्था दृढतासाथ उभिने बताए । यसबारे गृहमन्त्रीसँग पनि कुरा भैसकेको धमला कथन थियो ।

प्रेमगीत प्रिक्वेल रिलिज भएको केही समयमै अनलाइन रिलिज भएको थियो । दोस्रो भागका क्लाइमेक्स दृश्य लिक्ड भएका थिए भने नेपालगंजमा अभिनेत्री ठकुरीको वार्डरोव मलफङ्सनलाई चित्रण गरिएको थियो । ट्रेलर रिलिजका क्रममा ल्याटिन अमेरिकी मुलुकबाट युट्युवमा डिस्लाइक बढी देखाइएको थियो ।