मनिषाले जितिन् ‘मिस ब्युटि क्विन नेपाल २०१७’ को उपाधि

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">एमाजोन ईन्टरटेन्मेन्टको आयोजना मा सम्पन्न यस वर्षको 'मिस ब्युटि क्विन नेपाल २०१७' को उपाधि मनिषा पाण्डेले हात पारेकी छिन्। &nbsp;१५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मनिषाले मिस ब्युटि क्विन नेपाल २०१७ को सौन्दर्य प्रतियोगीताको ताज जितेकी हुन्। विजेता मनिषाले उपाधिसँगै आर्टिस्ट नेपाल, सिल्क हेयर, कोजी ब्युटी सलोनको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरेकी छिन् ।साथै मनिषाले प्रतियोगितामा मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर को उपाधि पनि जितेकी छिन्। &nbsp;प्रतियोगितामा &nbsp;निमा शेर्पाले फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि हात पारेकी छिन् भने सुशिला श्रेष्ठले सेकेन्ड रनरअप तथा &nbsp;मस्ट एक्टिभमा र शर्मिला विश्वकर्माले थर्ड रनरअप र मस्ट कन्फिडेन्सको उपाधि हात पारेका छन्।&nbsp;</p><p style="text-align: justify; ">यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापा, बेस्ट हेयरको उपाधी हेमकला नाल्बो, बेस्ट स्किनको टाइटल जेबिना लोहनी, बेस्ट क्याटवाकको टाइटल ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिनमा म्यागी लामा, मस्ट चार्मिङमा अन्जु आले मगर, मस्ट स्मार्टको सबटाईटलमा अन्जना केसी , बेस्ट कम्प्लेक्सन तथाबेस्ट ड्रेस्समा कुमारी रमिला राई र मस्ट स्टाईलिसमा एल्गिना राईले उपाधि जितिन् ।</p><p style="text-align: justify; ">&nbsp;कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।</p>