लोकदोहोरी अवार्डः ‘साइलो दाइ कहाँ गयो’लाई सदाबहार गीत अवार्ड

साउन, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा विगत पाँच वर्षदेखि सम्पन्न हुँदै आइरहेको 'राष्ट्रिय लोकदोहोरी अवार्ड' यस वर्ष साउन ७ गते भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुन गइरहेको छ । यस वर्षको अवार्डमा पृथ्वी इन्टरटेनमेन्टले शीर्ष प्रायोजन गर्दै पृथ्वी इन्टरटेनमेन्ट पाँचौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४ भएको छ ।

यस वर्षको अवार्डमा सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक क्षेत्रमा देउडा गायनका माध्यमले अतुलनीय योगदान पु¥याएवापत गायक नन्दकृष्ण जोशीलाई पृथ्वी इन्टरटेनमेन्ट पाँचौं राष्ट्रिय लोक दोहोरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिन लागिएको छ । जोशीलाई १५५५५ नगद राशिसहित दोसल्ला, ताम्रपत्रद्वारा सम्मानित गरिने भएको आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए ।

त्यस्तै नेपाली कला संस्कृतिको उत्थानमा पत्रकारिताका माध्यमले निरन्तर योगदान पु¥याउँदै आएका म्यूजिक खबर पाक्षिक एवं म्यूजिक खबर डटकमका प्रधानसम्पादक सुमन पण्डितलाई यस वर्षको लोक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । पण्डितलाई ५५५५ नगद राशिसहित सम्मान गर्न लागिएको हो ।

त्यसैगरी सदाबहार लोकगीतका रुपमा अमर स्रष्टा लोकबहादुर क्षेत्रीको स्वर रहेको गीत साइलो दाइ कहाँ गयो पानी खाँदा न्याउली जुरायो गीतलाई ७७७७ नगद राशिसहित सम्मान गर्न लागिएको हो । दशकको स्रष्टा सम्मानबाट गीतकार राजकुमार बगरलाई सम्मान गर्न लागिएको हो । बगरलाई ५५५५ नगद राशिसहित सम्मान गर्न लागिएको हो ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भोली शनिबार सम्पन्न हुन लागेको पृथ्वी इन्टरटेनमेन्ट पाँचौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४ को सम्पूर्ण तयारी पूरा भइसकेको अवार्डका संचार संयोजक प्रकाश सपुतले जानकारी गराएका छन् । लोकदोहोरीका विभिन्न २७ विधामा अवार्ड प्रदान गरिनेछ ।