धुर्मुस सुन्तली ललित ब्युटिसियन सहकारी र लोकदोहोरी अवार्डबाट सम्मानीत

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

चर्चित हाँस्य कलाकार तथा समाजसेवीद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीलाई शनिबार दुई संस्थाले सम्मान गरेका छन् । हाँस्यक्षेत्रका साथै सामाजिक कार्यबाट पनि देश बिकासमा ठुलो टेवा पुर्याएको भन्दै ललित ब्युटिसियन बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र 'पाँचौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४' बाट सम्मानित भएका हुन् ।

ललित ब्युटिसियन बहुउदेश्यीय सहकारी संस्था लिमिटेड द्धारा आयोजित माईती तिज मेला २०७४ मा धुर्मुस सुन्तलीलाई आर्दश जोडी सम्मान गरिएको हो । साथै उक्त संस्थाले धुर्मस सुन्तली फाउण्डेशशनलाई नमुना नेपाल निर्माणका लागि भन्दै ५० हजार रुपैया सहयोग प्रदान गरेको छ ।

साथै शनिबार प्रज्ञाभवन कमलादीमा सम्पन्न पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट धुर्मुस सुन्तलीलाई सामाजिक अभियान्ताको रुपमा सम्मान गरिएको हो । सितारामलाई गृहमन्त्री जनार्धन शर्माले सम्मान पत्र प्रदान गरेका थिए । साथै अवार्ड समारोहमा धुर्मुसले नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका केहि कलाकारहरुलाई ब्यंग्य पनि गरेका थिए भने दोहोरी क्षेत्रको बिकृती हटाउनका लागी उनले ब्यंग्य मार्फत नै सल्लाह दिएका थिए ।

प्रत्येक बर्ष विभिन्न शिर्षकममा अवार्ड प्रदान गदैं आईरहेको ललित ब्युटिसियन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यस बर्ष पनि बर्षकै चर्चित नायिका र सौन्र्दयमा निकै सचेत हुने नायिकाको ट्याग दिँदैं चर्चित नायिका केकी अधिकारीलाई सम्मान गरेको हो । संस्थाले स्थापना भएको बर्षदेखीनै हरेक बर्ष एक जना कलाकारलाई उक्त सम्मान प्रदान गर्ने गरेको छ । त्यस्तै यस बर्षको आदर्श जोडी सम्मान २०७४ मा संस्थाले चर्चित गायक गायिका जोडी उदय सोताङ्ग र मनिला सोताङ्गलाई सम्मान गरेको छ ।

Video: