भारतीय मिडियामा अनमोलको स्टारडमको चर्चा

...

<pre><b>साउन, काठमाडौं</b></pre><p>नेपाली सिनेजगतमा चकलेटी हिरोका साथसाथै महंगा स्टारको रुपमा चिनिएका नायक अनमोल केसीको चर्चा जताततै हुने गर्छ । यसैविच भारतीय मिडियाले पनि अनमोलको चर्चा गर्दै आफ्नो समाचारमा स्थान दिएको छ। भारतीय चर्चित वेबसाईट अमरउजाला डटकमले अनमोल केसीलाई सुपरस्टारको ट्याग दिँदै आफ्नो न्युजमा उनको प्रशंसा गरेको छ। भारतीय तथा अन्य विदेशी कलाकारहरुको बारेमा त नेपाली मिडियाहरुमा निकैनै चर्चा हुने गर्छ। तर अन्य विदेशी मिडियाहरुमा नेपाली कलाकर्मी तथा स्टारहरुको भने कमै चर्चा भएको पाउन सकिन्छ। यस्तै विरलै चर्चा हुनेको लिस्टमा पर्न सफल भएका छन् नायक अनमोल केसी।&nbsp;</p><p>‘भेट्नुहोस् नेपालको सुपरस्टारसँग, जसको हरेक फिल्म हुन्छ ब्लकबस्टर, लिन्छन् मोटो रकम’ नामक शिर्षकमा लेखिएको समाचारमा कम समयमै ब्लकबस्टर फिल्महरु दिएर आफ्नो पहिचान बनाएका तथा सबैभन्दा धेरै पारिश्रमिक लिने नायक भन्दै चर्चा गरिएको छ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/4835a5fcea21e6b9bb1672a7ac8a4ac21500785925.jpg" style="width: 998px;"><br></p>