चर्चामा ‘छक्का पंजा२’ : गीत रिलिज संगै ट्रेन्डिङ १ मा

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">&nbsp;असोज ११ बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र 'छक्का पंजा २' यतिवेला निकैनै चर्चा बटुल्न सफल भइरहेको छ। शुक्रबार विहान सार्वजनिक भएको को गीत 'ए दाजु..' बोलको गीतले युट्युबमा रिलिज भएसंगै ट्रेन्डिङ १ मा पर्न सफल भएको छ। गीतलाई एक दिनमै ९ लाख बढि दर्शकले हेरेका थिए। यसका साथै हामीले यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। भीडियोमा दर्शकहरुको मिश्रित प्रतिकृया आइरहेको छ। धेरैजसो दर्शकतथा समिक्षक हरुले गीतको बोलमा भएको नाइलनको सारी अनुसारको भिडियोमा ड्रेसअप नभएको भन्दै प्रतिकृया दिएका छन्। जसको जवाफमा निर्माता दीपकराज गिरीले &nbsp;चलचित्र हेरेपछि दर्शकले गीतको प्रसङ्ग पनि बुझ्ने बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको यस गीतमा दीपकराज गिरी र प्रिन्स नेपालीको शव्द तथा प्रिन्स नेपाली र स्वर्गिय कान्छा मगर नेपालीको संगीत रहेको छ । दिपाश्री निरौलाको निर्देशन रहेको फिल्म छक्का पञ्जा २ मा दिपकराज गिरी, प्रियंका कार्की, केदार, जितु, बर्षा, स्वस्तिमा र स्वरुपको मुख्य भूमिका रहेको छ ।</p>