युट्युवमा चर्चा बटुल्दै साम्राज्ञी र सलिनको प्रेम

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">&nbsp;झरना थापाको निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएसंगै युट्युवमा ट्रेन्डिङमा पर्न सफल भएको छ। शुक्रवार साँझ सार्वजनिक भएको चलचित्रको ट्रेलर यतिवेला नेपालमा सर्वाधिक हेरिने चलचित्रको ट्रेलर बन्न सफल भएको छ। नवनायक सलिनमान र नायिका साम्राज्ञी को प्रेम कथामा आधारित चलचित्रको ट्रेलरलाई सार्वजनिक भएको १ दिनमै ५ लाख भन्दा बढि दर्शकहरुले हेरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">यतिवेला चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर दुईमा पर्न सफल भएको छ। हामीले समाचार पार्दासम्म ट्रेलरलाई ६ लाख ४० हजार भन्दा बढी दर्शकले हेरिसकेका छन्। साथै दर्शक तथा समिक्षक बाट पनि ट्रेलरले राम्रो प्रतिकृया पाइरहेको छ। युट्युबमा ट्रेन्डिङ १ मा भने चलचित्र 'छक्का पंजा २' को गीत 'ए दाजै' पर्न सफल भएको छ।&nbsp;</p><div><br></div>