साउन, काठमाडौं ।

सञ्चार जगतमा लामो समयदेखी आवद्ध जी.पी. तिमल्सेनाले चलचित्र निर्देशन गर्ने भएका छन् । आईतबार राजधानीमा एक कार्यक्रमका बिच ‘आउँदै जाँदै’ नामक चलचित्रको घोषणा गरिएको हो । जुन चलचित्रलाई सन् २००० मा मिस नेपालको ताज जितेकी उषा खड्कीले निर्माण गर्न लागेकी हुन् । उषा जी.पी. को श्रीमती समेत हुन् ।

चलचित्रका करिब ९० प्रतिशत कलाकार फाईनल भइसकेको र अन्य केहि दिनमै फाईनल गरिने जी.पी.ले जानकारी दिएका थिए । उनका अनुसार चलचित्रमा लभस्टोरी का साथै कमेडी पनि हुनेछ । साथै पछिल्लो समयको युवापुस्ता बिचको प्रेम सम्बन्धको कुरालाई पनि चलचित्रमा देखाइनेछ ।

सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले चलचित्रको कथा लेखेका हुन् । चितवन, काठमाडौं लगायतका स्थानमा खिचिने चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि हुनेछ । १ करोड निर्माण बजेट छुट्याइएको चलचित्रमा उषाका अलावा सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलको पनि लगानी रहेको छ । कौशल्या फिल्मस्को ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । वसन्त अधिकारी मुख्य सहायक निर्देशक हुन् ।