‘मेरा सन्तानले मबाट केही पाउने छैनन्’: शाहरुख खान

...

<pre><b>साउन काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका सुपरस्टार शाहरुख खानले रिल लाईफमा त धेरैनै भुमिका निर्वाह गरेका छन्। रियलल लाईफमा तीन सन्तानका पिता रहेका उनले हालै एक मिडिया संगको कुराकानीमा आफ्नो जिवनको बारेमा बताएका छन्। मिडियासंग उनले आफनो मृत्यु पश्चात उनका सन्तानले उच्च शिक्षा र घर वाहेक आफ्नो तर्फबाट केही नपाउने बताएका छन्। उनका अनुसार -'हामी एक मध्यम वर्गीय मानिस हौं। हाम्रो चाहना पैसा मात्र होइन्। यसकारण म र गौरी यो कुरामा विश्वास राख्छौंकी हामी संग भएको पैसा राम्रो जिन्दगी जिउनमै लगाउनु पर्छ'। &nbsp;</p><p style="text-align: justify; ">उनले भने -' मैलै आजसम्म भोलीका लागि भनेर पैसा बचाएको छैन्। जति कमाएको छु फिल्म निर्माण तथा आवश्यकता पुरा गर्नमा &nbsp;लगाएको छु। यसकारण मेरो मृत्यु पश्चात मेरा सन्तानले मैले दिएको शिक्षा र घर बाहेक अरु केही पाउने छैनन्।'उनका अनुसार &nbsp;-'मुंबई आउनु अघि मेरो कुनै घर थिएन्। यसकारण म आफ्नो बच्चाको लागि घर छोड्न चाहन्छु। यसका अलावा उनीहरुलाई शिक्षा दिन चाहन्छु। यो भन्दा बढी उनीहरुलाई दिनका लागि मैले केही जोगाउन सकेको छैन्।' एजेन्सी</p>