‘रुद्र’को कथाले मागेपछि निखिललाई भिलेन बनाएका हौंः निर्देशक लामिछाने

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

यहि साउन १३ गतेबाट एक्शन अभिनेता निखिल उप्रेती ‘भिलेन’ को भुमिकामा रहेको चलचित्र ‘रुद्र’ देशब्यापी प्रदर्शनमा आउदैछ । अहिलेसम्म धेरै चलचित्रमा निखिललाई एक्शन अवतारमा मात्र देखेका दर्शकले यस चलचित्रमा ‘नेगेटिभ’ भुमिकामा देख्न पाउनेछन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिट यतिखेर प्रचारप्रसारमा तिब्र रुपमा लागेको छ ।

चलचित्रमा निखिलको साथमा दुई नवकलाकार विश्व शर्मा र साराको मुख्य भुमिका रहेको छ । चलचित्रका निर्देशक राम जी लामिछानेले चलचित्रमा आफुले निकै मेहनत गरेको बताउदै आएका पनि छन् । उनी यो चलचित्रमा निखिललाई दर्शकले फरक भुमिकामा पाउदा पनि त्यतिकै मात्रामा रुचाउनेमा विश्वस्त छन् । ‘मलाई शुरुमा लागेको थिएन एक्शन हिरोले नेटेटिभ भुमिकामा यतिको गर्न सक्नुहुन्छ भन्ने कुरा, तर उहाले त सोचेभन्दा धेरै राम्रो गर्नुभएको छ ।’, निर्देशक लामिछानेले निखिलको भुमिकाको बारेमा बोल्दै भने । निखिललाई किन भिलेनकै रुपमा उतार्नु भो भन्ने प्रश्नमा रामजी भन्छन्— ‘हामीले शुरुमा नै निखिललाई भिलेनमै देखाउन पर्छ भनेर स्टोरी तयार पारेको होइनौं । स्टोरी पुरा भइसकेपछि यो भुमिकामा निखिललाई नै राम्रो हुन्छ भनेर मैले नै निखिल जीलाई अफर गरेको हुँ । कथाले मागे अनुसार निखिलले दिन सक्ने भएकोले मात्र उहाँलाई लिइएको हो । नयाँ अनुहारका नायक नायीका सँग स्क्रिन सेयर गर्नुपर्ने थियो र माया प्रेमको कुरा हुँदै गर्दा एक्शनको रुपमा पनि उत्रिनु पर्ने हुन्छ त्यसैले निखिले यो कथामा फिट हुनु भएको हो । नत्र अरु जो कोहि पनि हुन सक्थ्यो ।’

आज भन्दा सातबर्ष अघि चलचित्र ‘बिधाई’मा काम गरेका र केहि समय अघिमात्रै प्रदर्शन भएको निखिलको ‘भैरब’ मा पनि कोरियोग्राफिको काम गरिसकेका रामजीले ‘रुद्र’ को निर्देशन गर्न पाएका हुन् । आफुले निकै मेहनत गरेको बताएका निर्देशक रामजीले ‘रुद्र’ हेर्नुपर्ने पाँच कारणहरुमा भन्छन् — ‘पहिलो कारण त निखिल जी नै हो । किनकी निखिल उप्रेतीको चलचित्र भनिसकेपछि अन्य चलचित्र भन्दा केहि फरक अवस्य हुन्छ । अहिले पनि नेपालका बिभिन्न ठाउँका दर्शक निखिलको फिल्म भन्दै हलसम्म आउने गरेको पाउछौं । दोस्रो कारण चलचित्रको कथा हो । कथा लेखेन बलियो रहेको छ । प्रेमकथाको साथमा एक्शन रहेको यो चलचित्रमा निखिल र नायक विश्व बिच माया प्रेमकी कारण धेरै क्रोध पनि हुन्छ । तेस्रो कारण मनोरञ्जन हो । हामीले माया प्रेम र एक्शन मात्र होइन चलचित्रमा मनोरञ्जनको पाटोलाई पनि उत्तिकै ध्यान दिएका छौं । किनकी चलचित्र हलभित्र पुगिसकेपछि दर्शकलाई कुनैपनि सिनमा ‘बोर फिल’ नहोस् भन्ने हाम्रो चाहाना हो । चौथो कारण भनेको एक्शन हो । चलचित्र प्रेमकथामा आधारीत छ भनिरहदा एक्शन नभएको भने होइन । जब माया प्रेम हुन्छ त्यहाँ लडाई झगडा त भइहाल्छ । यसमा पनि निखिल र नायक बिचको द्धन्द्ध धेरै नै हेर्न पाइन्छ । र अर्को कारण भनेको नव—कलाकार पनि हुन् । पछिल्लो समय नव—कलाकारले अभिनय गरेको चलचित्रहरु धेरै राम्रा बन्दै गएका छन् जसमा ‘रुद्र’ पनि एकमा पर्छ । नयाँ कलाकार विश्व र साराले निकै उत्कृष्ट अभिनय गरेका छन् ।’

यो भन्दा अघि केहि चलचित्रमा काम गरिसकेका निर्देशक रामजी ब्यावसहिक हिसाबमा सफल भएका छैनन् । त्यसैले पनि यो चलचित्रबाट उनले ठुलो आशा लिएका छन् । रामजीले डेढ दशक अघि ‘घातक’ चलचित्रमा काम गरिसकेका छन् भने । सोभित बस्नेतका केहि चलचित्रहरुमा सहायक निर्देशन पनि गरिसकेका छन् । साथै उनले आफुलाई पहिला कोरियोग्राफिको रुपमा परिचित गराई अहिले निर्देशकको रुपमा स्थापित हुँदैछन् ।

आफ्नो चलचित्रको बारेमा अभिनेता निखिल उप्रेतीले पनि चलचित्र ‘रुद्र’ को पत्रकार भेटघाटमा आफुले फरक भुमिका निभाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए । साथै उनले दर्शकले आफ्नो ‘रुद्र’ को अहिलेको भुमिका पनि उत्तिकै मन पराउनेमा विश्वस्त रहेको बताएका छन् । चलचित्र निखिल, विश्व, साराको साथमा ज्याक श्रेष्ठ, रोय दिप, ध्रुब कोइराला, भाष्कर वली, अनिल पाण्डे लगायतको अभिनय रहेको छ । चलचित्रका रामशरण कोइराला सहायक निर्देशक हुन् ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।