वर्षाले जितिन् ‘मिसेस नेपाल आइकनको ताज

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">एएनपी मिडिया हाउसद्धारा आयोजित प्रतियोगिता ‘मिसेस नेपाल आइकन २०१७’को अन्तिम प्रतिस्पर्धा &nbsp;सम्पन्न भएको छ। प्रतियोगितामा भक्तपुर कौशलटारकी वर्षा कार्की ‘मिसेस नेपाल आइकन २०१७’को उपाधि जितेकी छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा वर्षाले चौथो संस्करणको मिसेस नेपाल आईकन जितेकी हुन् । प्रतियोगीतामा उनले बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपाधि समेत हात पारेकी छिन्। साथै प्रतिस्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भएका छन्। &nbsp;विजेता हरुलाई चर्चित अभिनेता&nbsp;सुनिल थापा &nbsp;र&nbsp;अभिनेत्री सञ्चिता लुईटेलले ताज पहिराएका थिए।&nbsp;</p><p style="text-align: justify; ">अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पुर्ण लामा &nbsp;र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन रहेको थियो।&nbsp;<br></p>