‘प्रयास’ लिएर आउँदै राधाकृष्ण

साउन, काठमाडौं ।

लामो समय टेलिभिजनमा नदेखिएका राधाकृष्ण धिताल टेलिभिजन कार्यक्रम ‘प्रयास’ लिएर आउने भएका छन् । कान्तिपुर टेलिभिजनमा ८ वर्ष काम गरेका उनी बालमैत्री स्थानीय शासन सम्बन्धी बहस कार्यक्रम ‘प्रयास’ को साथमा नेपाल टेलिजिनमा देखिन लागेका हुन् । हरेक बुधबार बेलुकी ७ः २५ बजे प्रसारण हुने कार्यक्रम ‘प्रयास’, भूकम्प प्रभावित पाँच जिल्ला र तराईका पाँच जिल्लामा रेर्कड गरिने छ ।
शहरका आवाजहरु मुखत्रीत भईरहँदा विकट गाउँ र समाजको समस्यालाई जनप्रतिनिधीमार्फत समाधान गराउने उद्देश्यका साथ उनले नयाँ प्रयास सुरु गरेका हुन् । ‘प्रयास’ ले नव निर्वाचित जनप्रतिनिधीलाई बालबालिकाको समस्या समाधान र उनीहरुको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध गराउने राधाकृष्ण धितालले जानकारी दिएका छन् । युनिसेफको सहयोगमा राष्ट्रिय सरोकार अभियान नेपालले उत्पादन गरेको कार्यक्रमले स्थानीय तहलाई बालमैत्री बनाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।