‘प्रेमगीत २’ प्रिमियर मा झल्कियो प्रदीप–अश्लेषाको क्रेज

साउन, काठमाडौं।

पछिल्लो समय निकैनै प्रतिक्षित बनेको चलचित्र प्रेमगीत २ को अब प्रतिक्षाको घडी सकिनै लागेको छ। यसै शुक्रबारबाट प्रर्दशनमा आउने  चलचित्रको  पोखरा र बुटवलमा प्रिमियर गरिएको छ। प्रिमियरबाट चलचित्रले राम्रो प्रिभ्यु पाउन सफल भएको छ। यी दुई थलोको प्रिभ्यू यसकारण पनि महत्वपूर्ण छ कि पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो र बुटवल चौंथो । दुबै थलोमा प्रेमगीत सिक्वेलले प्रिमियर आयोजना ग¥यो र मीठो प्रतिक्रिया बटुलेको छ।

क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजित प्रथम प्रदर्शनीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन सहभागि थिए। । दर्शकहरुको बाक्लो उपस्थिती रहेको प्रिमियरमा प्रदीप र अश्लेषाको क्रेज पनि निकै देखिएको थियो। प्रिमियरमा प्रदीपसंग फोटो खिच्नका लागि दर्जनौ यूवतीहरुको भिड लागेको थियो ।

शुक्रबार मुलुकका ८० भन्दा बढी पर्दाबाट सिनेमा रिलिज हुने बताउँदै  वितरक गोविन्द शाहीले भने ‘हलमात्र होइन, पैसा कमाउने सिनेमा समेत बन्नेछ प्रेमगीत २’।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो ।