रणवीरले भने -अरुलाई विवादमा पारेर पैसा कमाउँछन् करण

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको &nbsp;शो कफी विथ करण निकैनै रुचाइएको शो मध्ये एक बन्न पुगेको छ। शोमा जसरी आफ्ना पाहुना &nbsp;स्टारहरु बाट करणले कुराहरु निकाल्ने गर्छन यसबाट शोमा विभिन्न विवादहरु पनि आउने गरेको छ।&nbsp;</p><p style="text-align: justify; ">यसैविच बलिउड स्टार रणबीर कपूरले हालै करणको शो बारेमा मिडियासंग कुरा गरेका छन्। रणबीरले आफु अब कहिल्यै करणको शोमा नजाने बताएका छन्। उनले करणले आफ्नो शोमा सबै स्टारहरुसंग सहज वातावरण बनाइदिने र उनीहरुले आफुलाई लाखौं दर्शकले हेरिरहेको पनि बिर्सिने र मनमा लागेको सबैकुरा सहजै भन्ने गरेको बताएका छन्। जसका कारण स्टारहरुले आफुले भनेको केही कुराको कारणले लामो समयसम्म विवादमा पर्ने र करण यसैबाट करोडौंको कमाई गर्ने रणवीरले बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">साथै उनले आफु कफी विद करण मा जाँदा जाँदा थाकिसकेको बताएका छन्। र २०१७ को सिजनमा पनि उनी जान चाहँदैनथे तर जबरजस्ती जान परेको बताएका छन्। एजेन्सी</p>