नायिका सुस्मिताले मागिन् माफि

...

<pre><b>साउन, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">नायिका तथा निर्मात्री सुस्मिता केसीले रंग पत्रकार उत्सव रसाइलीसँग जातियता, लैंगिकता माथीको प्रश्न तथा फोनमा धम्की दिएर &nbsp;विवादमा परेपछि &nbsp;बिहीवार महानगरीय प्रहरी परिसर, टेकुमा आत्मआलोचना गरेकी छिन् । उनले लिखित रुपमा पत्रकार रसाइलीसँग माफी मागेकी हुन् । आगामी दिनमा पत्रकारलाई ज्यान मार्ने धम्की नदिने, जातीय, लैंगिक हिंसा हुनेगरि फेसबुकमा स्टाटस वा म्यासेज नपठाउने लगायतका कुराहरु उनको लिखित माफी पत्रमा उल्लेख छ ।</p><p style="text-align: justify; ">केही दिन अगाडि उत्सवलाई सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै सुस्मिताले जातीय र लैंगिक हिंसा हुनेगरी स्टाटस पोष्ट गरेकी थिइन् । उत्सवलाई सुस्मिताले फेसबुकको प्राइभेट म्यासेज बक्समा ‘रसाइली कुन जातको रे रु’ भन्दै जातीयताको धज्जी उडाएकी थिइन् भने एक स्टाटस लेख्दै ‘उत्सव बहिनी उप्स सरी भाई’ भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस पोस्ट गरेकी थिइन् ।</p><p style="text-align: justify; ">सुस्मिताको म्यासेज र स्टाटसको प्रतिउत्तर दिँदै पत्रकार रसाइलीले फेसबुकमा एक स्टाटस पोष्ट गरेपछि उनले फोनमा धम्की दिएकी थिइन् ।</p>