साउन, काठमाडौं ।

शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्था बाबा एजुकेशन कन्सलटेन्सीको हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ब्राण्ड एम्बेसडर बनेका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच उनीहरुलाई संस्थाले ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको हो । कार्यक्रममा उनीहरु अभिनित ‘टिभिसी’ को पनि सार्वजनिक गरिएको थियो । अब संस्थाको प्रमोशनमा जिगी्र र पाँडे लाग्ने संस्थाका प्रमुख रबिन्द्र कुमार शर्माले बताए । जम्मा ३० सेकेण्डको बिज्ञापनमा हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ का तिन कलाकार जिग्री, पाँडे र हरिश निरौला (कक्रोज)को अभिनय रहेको छ । बाबा एजुकेशन कन्सलटेन्सी नेपालको प्रधान कार्यालय नेपालको न्यु रोड र अस्ट्रेलियाको सिड्नीमा रहेको छ ।

संस्थाका प्रमुख शर्माले यी दुई कलाकारसँग अस्ट्रेलियाको कार्यक्रममा गएको समयमा टिकटता भएको र संस्थामा आवद्ध गर्ने मनशाय आएको बताएका थिए । ‘हामी उहाँहरुको हाँस्य क्षेत्रको कलाबाट प्रभावित भएर संस्थामा आवद्ध गराएका हौं ।’, शर्माले भने । साथै जिग्री–पाँडेले पनि एक शैक्षिक संस्थासँग जोडिएर काम गर्न पाउदा खुसी लागेको बताए । ‘हामी हाँस्यक्षेत्रको काम सँगै यो शैक्षिक संस्थाको प्रमोशनको काम गर्नेछौं ।’, जिग्री–पाँडेले भने । सार्वजनिक गरिएको टेलिभिजन बिज्ञापन सुदिप बरालले खिचेका हुन् भने तेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

Video: