धुर्मुसले भेटे ‘नमुना नेपाल’ लाई सुहाउँदो जग्गा, के बन्ला त्यहि ठाउँमा ?

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) महत्वाकांक्षी योजना ‘नेपाल भित्रको नेपाल नमुना नेपाल’ लाई सुहाउँदो जग्गा फेला परेको छ । ‘नमुना नेपाल’को घोषणा भएसँगै उपयुक्त ठाउँको खोजीमा रहेका धुर्मुसले अन्ततः आफुहरुको परियोजनाको लागी सुहाउदो जग्गा ललितपुरको गोदावरी नगरपालिकाको ‘लेले’ मा भेटिएको बताएका हुन् । तर जग्गा भेटिएपनि त्यहि ठाउँमा ‘नमुना नेपाल’ बन्छ या बन्दैन त्यो भने निश्चित भएको छैन ।

धुर्मुसका अनुसार सत्य सामुदायिक वनक्षेत्रमा शनिबार जग्गाको निरिक्षण गर्न पुगेसँगै उक्त गाउँका स्थानिय र बन उपभोक्ता समितिसँग सकारात्मक कुरा भएको छ । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं । यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’, धुर्मुसले आर्टिस्ट खबरसँग कुरागर्दै भने  ।

उनले सामाजिक सञ्जालबाटै उक्त स्थानिय बासीले दिएको सहमति पत्र नागरिक उड्डयान मन्त्रालय मार्फत सरकार सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विकार गर्नेमा आफु विश्वस्त रहेको समेत खुलाएका छन् । सरकारले स्विकृती दिएको खण्डमा आफुहरु सबै प्रकृया मिलाएर तुरुन्त काम सुरु गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने उनले बताए । साथै सुन्तलीले पनि ‘लेले’का स्थानियबासीहरुले ‘नमुना नेपाल’ परियोजना निर्माणबारे सकारात्मक भएको र सक्दोसाथ र सहयोग दिने कुराले उत्साहित भएको बताइन् । सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल बिश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतीक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको तस्तै अनुभुती गर्न पाईनेछ ।