चकलेटी नायकको रुपमा देखिँदै दिनेश के.सी.

साउन, काठमाडौं।

करिब दुई दर्जन म्यूजिक भिडियो तथा खतरनाक, सिसा, आएमक्रेजि, दानव, नेपथ्य, वादशाह, निशाफ, झमेला, लाले लगायतका चलचित्रमा काम गरिसकेका नायक दिनेश केसि अब चकलेटी नायकको रुपमा देखिने भएका छन् । दोलखा फिल्मस प्रा।लि।को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा नायक दिनेश के।सी।अनुबन्ध भएका छन । चलचित्रमा स्वदेशी तथा विदेशी कलाकार रहने निर्देशक रामेश कुमार राईले जनाएका छन् ।

एक कार्यक्रमको आयोजना गरी चलचित्रको टाईटल घोषणा गर्ने तयारी भैरहेको उक्त चलचित्रको यूरोपका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिने बताईएको छ । थाइल्याण्डबाट सुटिङ सुरु हुने चलचित्रमा चार नायिकाका साथ नायक दिनेश के.सी. मुख्य भूमिकामा देखिने छन् भने विशुध्द प्रेम कथामा आधारित विषयवस्तु समेटिने निर्देशक राईले बताए । नायक के.सी.लाई चकलेटी नायकको रुपमा प्रस्तुत गरिने निर्देशक राईको भनाई छ ।