वरिष्ठ गीतकार रत्नशमशेरलाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान ‘

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">यसै &nbsp;साउन २२ गते हुन गईरहेको &nbsp;‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई सम्मान गरिने भएको छ। अवार्ड कार्यक्रममा गीतकार थापालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४’प्रदान गरिने बताइएको छ। &nbsp;उनलाई २५,५,५५ नगद राशि सहित सम्मान गर्न लागिएको हो ।गीतकार थापाले हालसम्म हजारौं गीतहरु लेखिसकेका छन्। साथै उनको अधिकांश गीतहरु स्रोताहरु माझ प्रिय छन्।&nbsp;</p><p style="text-align: justify; ">त्यस्तै कार्यक्रममा गायक शिशिर योगी र गायिका सत्यकला राईलाई ‘म्यूजिक खबर दशकको सम्मान २०७४’ प्रदान गरिदैँछ । त्यस्तै बेगेन्द्र बुढालाई यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान, गीतकार एवं संगीतकार पदम रोकायालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान दिइने कार्यक्रममा संचारकर्मी डा.नवराज लम्साललाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने बताइएको छ। साथै कार्यक्रममा नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय व्यतित गरिसकेका &nbsp;बुद्धिमान घिसिङलाई यसवर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको छ ।&nbsp;</p>