‘लेट मी डान्स स्कुल च्याम्प’सुरु हुँदै

साउन,काठमाडौं।

बालबालिकामा अन्तर्निहित प्रतिभालाई निखार्दै उनीहरुको भविष्य सुनिश्चित गर्नका लागि त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको संयुक्त आयोजनामा ‘लेट मी डान्स स्कुल च्याम्प’ प्रतियोगिता हुने भएको छ ।

यस प्रतियोगितामा १५ बर्षभन्दा तलका बालबालिकाहरुले मात्र सहभागी हुन पाउने छन् । बालबालिकाहरुको क्षमतमलाई विकार गराउनुको साथै उनीहरु भित्र लुकेर रहेको कला, क्षमतालाई निखार्ने उद्देश्यले ‘लेट मी डान्स स्कुल च्याम्प’ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका अध्यक्ष छेडुप लामाले बताएका छन् । उनका अनुसार, ‘यस प्रतियोगिताले बालबालिकाहरुको नृत्यमा निखार ल्याउनुका साथै उनीहरुको बौद्धिक विकासको पनि विकास हुने र प्रोत्साहन हुने छ । साना उमेरका बाबुनानीका कारणले स्कुलहरुलाई पनि सहयोग पुग्ने छ । प्रतियोगिताको अडिसन श्रावण २८ गतेबाट सुरु भई राजधानीस्थित सामाखुशी, बौद्ध, कोटश्वर, कलंकीलगायतका स्थानमा अडिसन हुने बताए ।’

यस प्रतियोगितामा निर्णायकका रुपमा नृत्य निर्देशक तथा नृत्य प्राध्यापक केपी पौडेल, नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपालका महासचिव निरीप केसी रहने छन् भने कुनै एक कलाकार अतिथि जर्जका रुपामा रहने छन् ।

दुई हजार बढी बालबालिकाको सहभागी रहने यस प्रतियोगितामा अडिसनपश्चात मेघा अडिसन, थिएटर राउन, उत्कृष्ट १००, उत्कृष्ट ५०, उत्कृष्ट २०, उत्कृष्ट १५ हुँदै उत्कृष्ट १० मा फिनाले हुने छ ।

यस प्रतियोगिताका विजेताले एक लाख पुरस्कार पाउने छन् भने फस्ट रनर अपलाई ५० हजार, सेकेण्ड रनर अपलाई २५ हजार, थड रनर अपलाई १५ हजारका साथै ट्रफि, प्रमाणपत्र तथा अन्य गिफ्ट ह्याम्परलगायतका पुरस्कारहरु प्राप्त गर्ने छन् ।

‘लेट मी डान्स स्कुल च्याम्प’को फारम ‘लेट मी डान्स नेपाल’को अफिसियल फेसबुक पेज, ‘लेट मी डान्स’को एप्लिकेसन र स्कुलहरुबाट भर्न सकिने छ । प्रतियोगितालाई जनता टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिने छ ।