<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">निर्माता अरुण खड्काको अरुण फिल्मस् प्रोडक्सन प्रालीको ब्यानरमा चलचित्र ‘फटाह फडिन्द्रे' निर्माण हुने भएको छ । चलचित्रलाई हिमाल उप्रेतीले निर्देशन गर्ने भएका छन्। हिमालले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । </p><p style="text-align: justify; ">चलचित्र बनाउनका लागि निर्देशक अरुण र निर्देशक हिमालले सोमवार सम्झौता गरेका छन्। चलचित्रको छायांकन तिहार पछि सुरु हने बताइएको छ। चलचित्र क्षेत्रबाट आफुले हासिल गरेको अनुभव ‘फटाह फडिन्द्रे ’मा खन्याउन लागेको हिमालले बताए । अहिले बनिरहेको भन्दा फरक तथा उत्कृष्ट चलचित्र बनाउने उनले दाबी गरे ।</p><p style="text-align: justify; ">चलचित्रमा लेखन पनि हिमालकै रहनेछ। चलचित्रको लागि यतिवेला कलाकारको छनौट भइरहेको निर्माता ले बताएका छन्। अरुणले यस अघि तिम्रो लागि, पाठशाला लगायत केही चलचित्र निर्माण गरेका छन्। चलचित्रको केही प्राबिधिक फाइन भएका छन्, भने केही हुन बाँकी छ । चलचित्रमा एक्सन रोशन श्रेष्ठले दिनेछन् भने छायाँकन हरि घले लामाको रहनेछ । </p>







१७ श्रावण २०७४, मंगलवार ११:११ 








