साउन, काठमाडौं

पछिल्ला दिनहरुमा नेपाली म्युजिक भिडियोहरुमा कभर भिडियो बनाउने र उत्कृष्ट भिडियोलाई पुरस्कृत गरिने लहर चलेको छ। यसैविच गायिका रेनुका थापाको शव्द संगीत तथा स्वर रहेको गीत तिम्रो मायामा मा पनि कभर भिडियो प्रतिस्पर्धा आयोजना गरिएको छ।

प्रतिस्पर्धामा भाग लिन चाहनेले यस गीतमा समूहमा वा दुई जनाको नृत्य गरेको भिडियो सङ्स नेपालमा इमेल गर्नुपर्नेछ। भाग लिन चाहनेले आफ्नो भिडियो भाद्र ३१ सम्ममा पठाइसक्नुपर्नेछ। गीतमा देसभरबाट पठाइएका उत्कृष्ट नृत्यहरुको छनोट दशैं र तिहारको बीचमा राखिने गायिका थापाले जानकारी दिएकी छिन्। उत्कृष्ट भिडियोलाई १ लाख पुरस्कार मिल्नेछ।

तिम्रो मायामा गीत रेनुकाको तेस्रो पप एल्वममा समावेश गीत हो। गीतको भिडियोमा गायिका स्वंयको अभिनय रहेको छ।

१८ श्रावण २०७४, बुधबार ०९:०३