साउन, काठमाडौं।

''तिहुन मिठो बनायो चुकैले.. योदिल भित्र अर्कैलाई राखेर मलाई ठिक्क बनायो मुखैले'' बोलको गीतबाट दर्शक स्रोतामाझ चर्चित बनेकी लोकगायिका भुमिका गिरी निकैनै नेपाली लोक गीत क्षेत्रकी उदाउँदी गायिका को रुपमा चिनिन्छिन्। २०६६ साल बाट दोहोरी साँझ हुँदै लोक गीत क्षेत्रमा आएकी उनीले दुई वर्ष एता देखि एल्वमहरुमा पनि गीत गाएकी छिन्। उनको पछिल्लो गीत गोरखपुरको सलाईले पनि युट्युबमा रिलिज भएको १ दिनमै लाख दर्शक कमाएको थियो। छोटो समयमानै दर्शकस्रोता माझ रुचाइएकी उनको हरेक गीतहरुले पछिल्लो समय चर्चा पाउने गरेका छन्।

हालै आर्टिष्ट खवर संगको कुराकानीमा उनीले आफ्नो संघर्षका दिन, तथा गीति यात्राको बारेमा बताएकी छिन्। दोहोरी सांझ हुँदै लोक गायिका बन्ने क्रममा भोगेका पिडा बताउँदै उनले नेपाली नारीलाई दोहोरी सांझ मा काम गर्नका लागि निकैनै गाह्रो हुने बताएकी छिन्।

साथै पछिल्लो समय नेपाली लोक गीत हरु पछाडि पर्दै आएको भन्ने कुरामा सहमति जनाउँदै उनले राज्य पक्षले नै लोक संस्कृति कला लाई ध्यान नदिएको बताएकी छिन्। राज्य पक्षले लोक कलाकारलाई मान्यता नदिनृे तथा उनीहरुको क्षमताको कदर नगरेको उनी बताउँछिन्। साथै पछिल्ला केही समयमा लोक गीत पनि केही अगाडि आएको भएता पनि अन्य गीत भन्दा लोकगीतको क्षेत्र पछि परेको बताउँछिन्। कार्यक्रम तथा स्टेज प्रोग्रामहरुमा पनि दर्शकहरुको माग मा परेकी गायिका भुमिका स्वदेश मा भन्दा पनि विदेशमा लोक संस्कृतिलाई बढि माया गरिने बताउँछिन्।

भिडियोमा हेर्नुहोस भुमिका गिरी संगको कुराकानी :