प्रचारप्रसारमा ‘ग्याङ्गस्टर’ टिम, पोखरामा देखियो यस्तो क्रेज

साउन, काठमाडौं।

भदौ २ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ यतिबेला प्रचार प्रसारमा लागि परेको छ। यतिवेला निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको छ।

चलचित्र युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा स्थानिय सयौं दर्शक झुम्मिएका थिए।  चलचित्रका अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फी खिच्नका लागि दर्शकहरुको घुइँचो लागेको थियो।

आईतबार पोखरा आसपासका  विभिन्न कलेजहरुमा समेत पुगेको चलचित्र टिमले कलेजका विद्यार्थीहरुबाट निकै राम्रो साथ पायो।  पुग्यो । बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किएका थिए । आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखीयो ।

कार्यक्रममा चलचित्र युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । चलचित्रसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर चलचित्र हेर्ने अबसर आफ्नो पक्षमा पारेका छन् ।

त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा चलचित्र  निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि चलचित्रले न्याय गर्ने बोले । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले चलचित्र  बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै चलचित्र ले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।

निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले चलचित्रप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले चलचित्र सफलताको संकेत दिएको बोले । आईतबारको पोखरा कार्यक्रम सकाएर चलचित्र  टिम बुटवल पुगेको छ । सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ ।