इन्डोनेशियामा हुने ‘म्यान अफ द इयर २०१७’ मा ध्रुव को प्रतिनिधित्व

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">यसै १० अगष्ट देखि १९ अगष्टसम्म इन्डोनेशियामा आयोजना हुन गइरहेको &nbsp; पुरुषहरुको सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’ मा नेपालको तर्फबाट &nbsp;ध्रुव बुढाथोकीले प्रतिनिधित्व गर्ने भएका छन् ।‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी आज प्रतियोगिताका लागि इन्डोनेशिया जाँदैछन् ।अवतार इन्टरनेशनलले उनलाई प्रतियोगितामा पठाउन लागेको हो ।&nbsp;</p><p style="text-align: justify; ">एमएएलवाइयु फाउन्डेसनले आयोजनामा शुन लागेको यस &nbsp;प्रतियोगितामा नेपालसहित नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी,भेनेजुएला लगायत २० राष्ट्रका युवाहरुको सहभागिता रहनेछ ।बुढाथोकिले नेपाली पहिरन र भेषभुषा र कलासंस्कृतीसहित प्रतियोगिताका सहभागी हुनेछन्।प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">६ फिट हाइट र आकर्षक शरीरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् । म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फूल शीर्षकका ५ सबटाइटलसमेत प्रतियोगितामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।</p>