दर्शकमाझ निखिलको ‘संरक्षण’, कत्तिको जित्ला दर्शकको मन?

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रका लागी शुक्रवारको दिन निकैनै विशेष हुने गर्छ। &nbsp;चलचित्रहरु हलहरुमा प्रर्दशनका लागि शुक्रवारको दिनको प्रतिक्षामा हुने गर्छन्। यसैविच आज शुक्रबारबाट नेपाली हलहरुमा &nbsp;एक नेपाली र एक हिन्दी चलचित्र प्रदर्शनमा आएका छन्।आजबाट &nbsp;निखिल उप्रेती र सौगात मल्लको 'संरक्षण' र बलिउड फिल्म 'ट्वाइलेट एक प्रेम कथा' भिड्ने भएका छन्। यसका साथै साउन १३ बाट प्रर्दशनमा आएको 'प्रेमगीत२' पनि &nbsp;तेस्रो सातामा प्रर्दशन भइरहेको छ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;पछिल्लो समय निखिलको फिल्महरुले त्यति सफलता हासिल गर्न नसकेको अवस्थामा अब संरक्षणले दर्शकहरुको मन जित्न सफल होला या नहोला यो भने हेर्न बाँकी छ। जनआन्दोलन पछि देशमा देखिएको समस्यालाईउठान गरेको चलचित्रमा निखिल उप्रेती प्रहरीको भुमिकामा देखिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।चलचित्रलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो चलचित्रमा उतारिएको छ ।</p>