‘धुम २’ को दिल बिचरा

साउन, काठमाडौं ।

चलचित्र ‘धुम २’ को दोस्रो गीत रिलिज गरिएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ ।

चलचित्र ‘धुम २’ को यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ । डान्सिङ नम्वरमा जय र सिर्जनाले एकसाथ कम्मर मर्काएका छन् । जून गीत दर्शकलाई मन पर्न सक्छ । टंककै संगीत समावेश गीतका रचनाकार दिनेश सुवेदी हुन् ।

जय आफैले यस गीतको कोरियोग्राफी गरेका हुन् । उनी स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा कमेडी, एक्सन, रोमानस र सेन्टिमेन्ट सबै पक्ष समावेश गरिएको छ । लामो समय कलाकारितामा व्यतित गरेका जय भर्सटायल व्यक्तित्वको रुपमा चिनिन्छन् । उनले ७ वर्ष अघिको ब्लकबस्टर फिल्म ‘धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन् । यो फिल्म सिक्वेल भने होइन केबल उनले टाइटल क्रेटिड लिएका हुन् ।

चलचित्रमा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा एन।वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।  भदौ ८ मा प्रदर्शन हुँदैछ ।

Video: