कलाकार ताते बाढी पिडितहरुको सहयोगमा

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित जनताको सहयोगका लागि नेपाली कलाकारहरु यतिखेर सहयोगका लागी लागिरहेका छन् । केहि दिनदेखीको लगातारको बर्षाले देशैभरीका बिभिन्न ठाउँका जनताहरुको जन धनको क्षति भएपछि एकपछि अर्को रुपमा कलाकारले नगद सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै कति कलाकार खाद्यान्न बोकेर प्रभावित क्षेत्रमा पनि पुगिसकेका छन् ।

यसैविच, मह संचारको तर्फबाट हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगद १ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, उनीहरुले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भैरहेको पनि जानकारी दिएका छन् । यस्तै, नायिका पूजा शर्माले पनि नगद १ लाख सहयोग गर्ने बताएकी छिन् । उनले, बाढी प्रभावितलाई आफै प्रभावित स्थानमा पुगेर सहयोग गर्ने समेत बताएकी छिन् । ‘हेलिकप्टरबाट जान खोजेको, मौसम खराबीका कारण उड्दैन भन्ने खबर आयो । सडकबाट जान सकिने अवस्था छैन ।’, पूजाले भनिन् । उनले चाडो भन्दा चाडो आफू प्रभावित क्षेत्रमा पुग्ने समेत बताएकी छिन् ।

यस्तै हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले पनि नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले, फेसबुकमा सक्रिय ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्न लागेका हुन् । साथै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् । ‘अहिले तत्काल गासको आवश्यकता देखियो । बाढीले प्रभावित बनाउँदा अधिकांश जनताको घरमा चुल्हो बाल्ने पनि ठाउँ छैन । सरकारले दिर्घकालिन राहतको योजना ल्याउला । तर, तत्काल हामीले आ(आफ्नो ठाउँबाट सहयोग गरेर नागरिकको ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ ।’, दिपाले भनिन् । यस्तै, नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् ।

यता समाजसेवीको रुपमा चिनिइसकेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्) पनि बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’ को तर्फबाट सहयोगमा जुट्नका लागि धुर्मुस महोत्तरी पुगेका छन् । उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्ने जानकारी दिए ।

अहिले सम्म बाढि पिडितका लागी महजोडीले १ लाख, दिपकराज गिरीले १ लाख, नायिका पुजा शर्माले १ लाख, दिपा श्री निरौलाले ५१ हजार, प्रियंका कार्कीले ५१ हजार, भद्रगोलका चार कलाकारहरुले ५१ हजारको घोषणा गरेका छन् ।

‘यहाँ मैले मेडिकल टिमसँग पनि मैले समन्वय गरेको छु । खाद्यान्न पनि जुटाएका छौं । सबैकुरा जुटाएर बाढीले प्रभावित भएका सबै क्षेत्रमा पुग्छौ ।’, धुर्मुस्ले टेलिफोन बार्तामा भने । उनी महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका क्षेत्रमा पुगेर तत्काल आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।

यसैविच, चलचित्र कलाकार संघले ‘राहत कोष’ स्थापना गरेको छ । सुरुमा ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा संघको तर्फबाट ६५ हजार सहयोग गर्ने निर्णय गरिएको थियो । तर, पछि आफै कलाकार संघले राहत कोष स्थापना गरेर सहयोग जुटाउन थालेको हो । विभिन्न क्षेत्रबाट राहत कोषका लागि उपलब्ध सामाग्री र नगद आफै प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले बताएका छन् । कलाकार संघका अनुसार अहिलेसम्म मह संचारबाट नगद १ लाख र कलाकार किरण केसीको तर्फबाट नगद १ लाख राहत कोषमा जम्मा भैसकेको छ । कलाकार संघ आफैले ६५ हजार नगद राखेर कोष स्थापना गरेको हो ।

यसैविच हाँस्य कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कोक्रोच) ले पनि संयुक्त रुपमा बाढी पिडित को लागि तत्काल राहत स्वरुप   ५१ हजार रुपैंया सहयोगको  घोषणा गरेका छन् । साथै उनीहरुले अन्य व्यक्तिहरुले तत्काल सहयोग गर्न चाहेमा जिग्री पाडे प्रतिष्ठान मार्फत गर्न सक्ने अपिल पनि गरेका छन् । त्यस्तै कलाकार मनोज गजुरेलले पनि बाढी पिडितका लागी सबै एक जुट भएर अगाडि बढ्नुपर्ने भन्दै आफ्नो खर्च कटौती गरेर भएपनि सहयोगको अभियान शुरु गर्न आग्रह गरेका छन् । गजुरेलले २० हजार रुपैंया पीडितलाई उपलब्ध गराउने घोषणा गरेका छन् । साथै कलाकार निर्मल शर्माले पनि जलमग्न पुर्व र तराई उद्दारको लागी आफ्नो क्षमता अनुसार सहयोग गरौ भन्दै आफुले १० हजार रुपैंयाबाट शुरु गर्ने बताएका छन् ।

त्यस्तै चलचित्र ‘जालो’ टिमले पनि बाढीपीडितलाई सहयोग गर्ने बताएको छ । चलचित्र प्रदर्शनका लागि भारतको बेंलोर पुगेका निर्देशक अराजकेशव गिरीले ‘शोज’ बाट उठेको केही रकम बाढी तथा पहिरोपीडितलाई दिने जानकारी दिएका छन् ।  सोमबार सम्म मात्र बाढीपहिरोबाट देशभर ६० भन्दा बढीको निधन भैसकेको छ । घर–घरमा पानी पसेपछि खाना र बस्नका लागि समेत समस्या देखिएको छ । यस्तो अवस्था देशका विभिन्न क्षेत्रबाट सहयोग सुरु भएको छ ।

यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।