सुरु भयो ‘समर लभ’को छायांकन, आशिष र रेवतीको कथा

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चर्चित लेखक सुविन भट्टराईको &nbsp;लोकप्रिय पुस्तक ‘समर लभ’ माथि बन्न लागेको चलचित्र &nbsp;‘समर लभ’ को छायाँकन सुरु भएको छ ।केही समय अघिनै निर्माणको घोषणा गरिएको चलचित्रको छायांकन &nbsp;हिजो सोमबारबाट गरिएको हो। मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने चलचित्रमा &nbsp;आशिष पिया र रेवती क्षेत्री मुख्य भूमिकामा देखिने भएका छन्। साथै चलचित्रमा नम्रता सापकोटा ,शिशिर भण्डारी र मानस थापाको पनि अभिनय रहनेछ्।&nbsp;</p><p style="text-align: justify; ">६० दिनमा सम्पन्न गरिसक्ने बताइएको चलचित्रको &nbsp;छायांकन काठमाण्डौ, पोखरा, धनगढी र नर्वेमा गरिने बताइएको छ। चलचित्र ‘समर लभ’ मा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद, संजय लामाको छायाँकन र पुष्पन प्रधानको संगीत रहनेछ ।</p><div><br></div>