अब दर्शक हँसाउन सुनिल र अक्षय एक साथ आउने

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>कपिल शर्माको &nbsp;शो छोडेपछि कमेडियन सुनील ग्रोवरको माग निकै बढेको छ। कपिलको &nbsp;शो मा पुन आउने कि नआउने भन्ने चर्चा चल्दै गर्दा सुनिल छिट्टैनै आफ्नो नयाँ शो लिएर आउने खवर बाहिरिएको थियो। यसैविच टिभी शोमा सुनील फर्किने त छँदैछ साथमा सुनीलले अक्षय कुमारको &nbsp;एक शो होस्ट गर्न सक्ने खवर बाहिरिएको छ। <br><p>अक्षय कुमार टिभीमा लोकप्रिय शो &nbsp;द ग्रेट इंडियन लाफ्टर चैंलेजको निर्णायकको रुपमा देखिने भएका छन्। अक्षय कुमारले यस शोको लागि &nbsp;शूटिंगपनि &nbsp;सुरु गरिसकेका छन्। बताइएअनुसार अक्षय कुमारले &nbsp;सोमवार शो को पहिलो प्रोमो सुट गरिसकेका छन्। र यस शो को होस्टको रुपमा सुनिल ग्रोवरको नाम अगाडि आएको छ। हुनत सुनीलको तर्फबाट शोमा होस्ट हुने जानकारी आएको छैन् तर यो भएमा अक्षय र सुनिलको टिमअप निकैनै मनोरञ्जनात्मक हुने देखिन्छ्। &nbsp;</p></p><p>एजेन्सी</p>