‘देश खोज्दै जाँदा’ अमेरिकाको फेस्टिभलमा छनौट

भदौ, काठमाडौं।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलका लागि ‘देश खोज्दै जाँदा’ चलचित्र छनौट भएको छ । प्रकाश आङदेम्बे निर्देशीत उक्त चलचित्र स्क्रिनिङ यही अगस्ट १९ शनिबार १० बजेदेखि हुने बताइएको छ । फेस्टिभलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका चलचित्रहरु छनौट भएका छन् । स्क्रिनिङमा चलचित्रमा आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुने युनिटले जनाएको छ ।

यसअघि ‘दादा साहेव फिल्म फेस्टिभल’मा टप सेभेन सम्म पुग्न सफल यस फिल्म दि कर्निस कलेज अफ दि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफ तास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दि अन्ने फ्रांक प्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्च्फिल पेन्नी आर्ट सेन्टर–दि अन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको छ ।

यस चलचित्रमा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ । चलचित्रमा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायांकन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । त्यसैगरी श्रवण मुकारुङको गीत आभासको संगीत र स्वरुपराज आचार्यको गायन रहेको छ । चलचित्र  देश खोज्दै जाँदा यही भदौ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदै छ ।