हलहरुमा ‘भुँईमान्छे’ र ‘ग्यांगस्टर ब्लुज’, कुनले तान्ला दर्शक?

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रका लागि हरेक शुक्रवार विशेष हुने गर्छ। प्रर्दशनको लागि हरेक शुक्रवार चलचित्रहरुको भिडन्त हुने गर्छ। यस्तै आजको शुक्रवारबाट &nbsp;पनि दुई चलचित्रले आफुनो प्रर्दशन थालेका छन्। आज बाट हलहरुमा हेमराज विसी निर्देशित ‘ग्याङस्टार ब्लुज’ र नवराज बुढाथोकी द्वारा निर्देशित भुईँमान्छे प्रर्दशनमा आएका छन्।&nbsp;</p><p style="text-align: justify; ">रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको चलचित्र भुईँमान्छेमा अस्पतालमा मरेका मानिसहरुको लाशको पोस्टमार्टम गर्ने व्यक्तिको कथा लाई उठाइएको छ।&nbsp;</p><p style="text-align: justify; ">त्यस्तै युवा पुस्ताको प्रेम तथा ग्याङ्गस्टर को कथामा बनेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा आशिरमान देशराज जोशी र आना शर्मा को मुख्य भुमिका रहेको छ। चलचित्रलाई सरोज न्यौपाने र हेमराज बीसीले निर्माण गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; ">प्रिमियर शो बाट राम्रो प्रतिकृया पाएका यि दुवै चलचित्रले दर्शकहरु बाट भने कस्तो प्रतिकृया पाउँछ यो भने हेर्न बाँकी छ।&nbsp;</p>