निखिल उप्रेतीको फेसबुकमा इन्ट्री

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय मानिसहरुको लागि अभिन्न बन्न पुगेको छ सामाजिक संजाल। यस मार्फत आफुले चाहेको हर कोही संग सम्पर्कमा रहन तथा जस्तो सुकै खवर थाहा पाउनको लागि एउटा माध्यम बनेको छ। त्यस्तै कलाकारहरुको लागि पनि यतिवेला सामाजिक संजाल महत्वपुर्ण बनेको छ। यसै मार्फत कलाकारहरुले पनि दर्शक तथा प्रशंसक हरुमाझ आफ्नो हरेक कार्यहरु अपडेट गराइरहेका हुन्छन्।&nbsp;</p><p>यसैविच सामाजिक संजाल भन्दा टाढा रहँदै आएका नायक निखिल उप्रेती पनि अब फेसबुकमा जोडिएका छन्। यस अघि उनको नाममा धेरैनै फेक आइडी हरु खोलिएको भएपनि उनको आधिकारिक फेसबुक भने थिएन्। अब भने निखिलका फ्यानहरु उनीसंग सहजै जोडिन सक्ने छन्। केहीदिन अगाडि मात्र उनले आफ्नो नामको आधिकारीक फेसबुक आईडी बनाएका छन् । अहिले उनी आफ्नो लाइक पेज र पर्सनल फेसबुक आईडीमा एकपछि अर्को पोस्टहरु गर्दै आइरहेका छन् । उनले फ्यानका लागि भनेर ''Official: Nikhil Upreti'' नामको फेसबुक लाइक पेज खोलेका छन् ।&nbsp;जसबाट अब उनका फ्यानहरुले उनको हरेक खवर हरु लिन सक्ने छन्।&nbsp;</p>