साउन, काठमाडौं । नेपाली लोकगित बजारमा म्युजीकभिडियोहरु आउनेक्रम दिनप्रतिदिन बढिरहेको पाईन्छ । पछिल्लो समय नयाँ कलाकारहरुको गित संगितको रुचिले पनि म्युजीक भिडियोहरु अलिक बढिनै बनिरहेका छन् । कति यस्ता कलाकार छन् जो चर्चाका लागि गित संगितमा केहि समयका लागि मात्र आएका हुन्छ तर कतिपय यस्ता कलाकार छन् जो गितसंगित नै जीवन ठानेर अघि बडिरहेका छन् ।
पछिल्लो समय एक लोकगित जुन अन्य भन्दा फरक धारको लोकगित बजारमा आएको छ । नेपाली लोकगित क्षेत्रमा हामीले देखे र हेरे अनुसार गायक र गायिकाको स्वरमा प्रेम कथालाई समेटिएको गित धेरै हेरेका छौं । तर कथाबस्तु फरक भएको लोकगित भर्खरै मात्र बजामा आएको छ । एक जोडि प्रेमी र प्रेमीकाको चारसय बर्ष अघिको अधुरो प्रेम कथा चारसय बर्ष पछि गएर पुरा भएको देखाईएको यो लोकगित भर्खरमात्र सार्वजनिक भएको हो ।
भुपेन्द्र बिरही परियारको अब पागल हुन्छु लोकगितमा चारसय बर्ष अघिको अधुरो प्रेम कथालाई पुरा भएको देखाईएको छ । म्युजीक भिडियोमा पनि अन्य लोकगित भन्दा फरक इफेक्ट प्रयोग गरीएको देख्न सकिन्छ । गितमा शब्दपनि भुपेन्द्र बिरही परियारकै रहेको छ भने केशब सापकोटाले लय भरेका हुन् । साथै भिडियोमा प्रेमी को भुमिकामा सागर रेग्मी र प्रेमीकामा निरुता शाही ठकुरीले अभिनय गरेका छन् र रामकृष्ण काफ्लेपनि अभिनयमा देखिन्छन् । पछिल्लो समय लोकगित क्षेत्रको अभिनयमा आफ्नो पाईला अगाडि बढाईरहेका मोडल सागर रेग्मीको अभिनय र निरुताको अभिनयले गर्दा भिडियो अझ राम्रो बनेको देख्न सक्छौं ।
भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन भने जनता डिजिटल प्रा.ली द्धारा बजारमा आएको हो ।
गितको भिडियो हेरौं ।