सप्तरीका बाढी पिडितलाई मह जोडिको राहत

...

<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">अविरल वर्षाका कारण नेपालको पुर्वी तराईको अधिकांश क्षेत्र बाढी पहिरोले ग्रसित बन्दै गर्दा यतिवेला सम्पुर्ण सहयोगि मनहरु सहयोगका लागि अघि बढेका छन्। त्यस्तै सहयोगका लागि कलाकर्मी हरु पनि निकै नै लागि परेका छन्। यसैविच चर्चित हाँस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि &nbsp;बाढी पिडितलाई राहत वितरण गर्न सप्तरी पुगेका छन् । नेपाल चलचित्र कलाकार संघको अगुवाईमा &nbsp;संकलन गरिएको राहत वितरण गर्न उनीहरु सप्तरी पुगेका हुन् ।</p><p style="text-align: justify; ">मह जोडीले बाढी पिडितको सहयोगार्थ कलाकार संघलाई १ लाख रुपैँया सहयोग गरेको &nbsp;चलचित्र कलाकार संघका महासचिव सरिता लामिछानेले बताएकी छिन्।करिब २०० जनाको लागि पुग्ने गरी चामल, दाल, नुन, तेल, झुल, ब्याङ्केट र बाल्टी लगायतका सामाग्रीहरु &nbsp;वितरण गर्न कलाकार संघका साथै मह जोडि पुगेका थिए। संघले बितरण गरेको राहत लगभग साढे सातलाख देखी आठ लाख रुपैँया बराबरको रहेको थियो ।&nbsp;</p><div><br></div>