खुपीका बाऊ भन्छन्- ‘कमलमणी नेपालको नामले चिनिन मन छ’

भदौ, काठमाडौं।

चर्चित हाँस्य टेलिश्रृंखला 'भद्रगोल'मा 'ए होई ए होइ', 'के त भन्दा खेरि आखिरिमा होनित' जस्ता संवाद बोल्ने पात्र खुपीका बाउ (कमलमणि नेपाल) लाई नचिन्ने सायद कमै दर्शक होलान्। चलचित्र तथा टेलिश्रृंखला मा हाँस्यकलाकारको रुपमा चर्चा कमाइरहेका उनीलाई दर्शकले उनको नाम भन्दा बढी  'खुपीका बाउ को नामले तथा उनको संवाद 'ए होई ए होई' बाट धेरै चिन्ने गर्छन्। आफ्नो वास्तविक नाम पछि पर्न गई काल्पनिक नाम चर्चामा आएको मा केही दुःख लाग्ने बताउँदै उनले आफुलाई खुपीका बाउ भन्दा पनि कमलमणी नेपालको नामले चिनाउन पाए अझ बढी खुसी लाग्ने बताएका छन्।

आर्टिष्ट खवरसंग कुरा गर्दै उनले भने -''आफ्नो परिचय हराएर नयाँ परिचय जन्मिँदा अलि नराम्रो लाग्ने रहेछ। खुपीका बाउ त मेरो काल्पनिक नाम हो र पात्रको नामले मात्र चिनिएँ।अनुहारको हिसाबले मात्र चिनिएर व्यक्तिको हिसाबले नचिनिँदा अलि नमज्जा लाग्ने रहेछ्''।

'भद्रगोल'को कथाले कमलमणीको रोल नमागेर खुपीको बाउको पात्र मागेका कारण ले मात्र यस रुपमा आएको बताउँदै उनले आफ्नो नाम हराएकोमा गुनासो लाग्ने बताएका छन्। यो नामलाई अगाडि ल्याउन अन्य कार्य गरिरहेको र प्रयत्न गरिरहको भन्दै उनले केही समय पछि  मानिसहरुले कमलमणिकै नामले चिन्नेमा विश्वस्त रहेको बताएका छन्।

आर्टिष्ट खवरसंगको उनको रमाइलो कुराकानी यस्तो छ हेर्नुहोस भिडियो: