सुरु भयो ‘मिस पोखरा’ को नवौं अडिसन

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">१९९५ बाट नियमित रुपमा हुँदै आएको मिस पोखरा यसबर्ष पनि आयोजना हुने भएको छ। प्रतियोगिताको लागि ‘मिस पोखरा’को नवौं अडिशन सुरु भएको छ।भदौ ६ गते लेकसाइडको होटल पोखरामा अडिसन हुने आयोजकले जनाएको छ । चर्चित र सर्वाधिक पुरस्कार राशीको यो सौन्दर्य प्रतियोगिता मोफसलकै पहिलो सौन्दर्य प्रतियोगिता हो।&nbsp;</p><p style="text-align: justify; ">मिस पोखरा अन्य सौन्दर्य प्रतियोगिता भन्दा महत्वपूर्ण र प्रतिष्ठित रहेको पोखरा जेसीसका अध्यक्ष शिव कोईरालाले बताए । मिस पोखरा २०१७ की बिजेताले उपाधी क्राउनसँगै यामाहाको फेसिनो स्कुटर, पचास हजार रुपैया नगद र अन्य आकर्षक उपहारहरु पाउँनेछिन् । प्रतियोगीताको प्रायोजकको रुपमा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेज, सह प्रायोजकको रुपमा यामाहाको फेसिनो स्कुटर, प्रायोजकको रुपमा बेकल्याण्ड फुड्स रहेको छ, भने विशेष सहयोगीको रुपमा पोखरा लेखनाथ महानगरपालिकाले सहयोग गरेको छ ।</p><div style="text-align: justify; "><br></div>