एकपटक हेरेर नपुग्ने चलचित्र हो ‘धुम २’- जयकिशन बस्नेत

भदौ, काठमाडौं।

चलचित्रको पर्दामा धेरै हँसाउने कलाकारको रुपमा चिनिएका छन  नायक तथा निर्माता जयकिशन बस्नेत। लामो समय कलाकारितामा व्यतित गरेका जय भर्साटायल व्यक्तित्वको रुपमा चिनिन्छन् । नेपाली चलचित्र क्षेत्रमा कमेडीयनकै रुपमा स्थापित भएका जय यतिवेला आफ्नो चलचित्र 'धुम २' लिएर दर्शकमाझ आउँदैछन्।

आफैले ७ वर्ष अघि निर्माण गरेको  ब्लकबस्टर चलचित्र धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाएको बताउँदै उनले चलचित्रले दर्शकहरुको मन जित्न सफल हुनेमा विश्वस्त रहेको बताएका छन्। उनले बताए- 'पहिलाको धुम र अहिलेको धुम मा समानता भनेको मनोरञ्जन हो। कथा विल्कुलै नयाँ रहेको छ। र दर्शकहरुलाई एक पटक मात्र हेरेर नपुग्ने खालको चलचित्र बनेको छ। चलचित्रले १०० प्रतिशत मनोरंजन दिने ग्यारेन्टी छ'।

मनोरंजनको सय प्रतिशत ग्यारेन्टीको रुपमा रहेको चलचित्र रहेको भन्दै उनले चलचित्र धुममा केवल कमेडी एक्शन रहेको भएपनि धुम २ मा भने कमेडी एक्शनका साथै इमोशन पनि रहेको जनाए। उनले चलचित्र हेर्दै गर्दा दर्शकहरुका आँखा रसाउने र केही ठाउँमा निकैनै हाँसोको फोहोरा उठ्ने दावी गरेका छन्। जयले बताएका छन्। सेन्सर बाट पनि राम्रो प्रतिकृया पाएको चलचित्रले अहिलेका हिट दुई चलचित्र भन्दा पनि बढी मनोरंजन दिने जयले बताएका छन्। उनले

जयकिशनकै लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा चलचित्रमा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा एन वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।   भदौ ८ गते बाट प्रर्दशनमा आउने यस चलचित्रको यस अघि ट्रेलर तथा गीतहरु पुर्वकी होस या  तथा दिल विचरा सार्वजनिक भइसकेको छ। र दर्शकहरुको राम्रो साथ पनि पाइरहेको छ।