सुटुक्क आयो ‘स्काउट’, अन्य तीन चलचित्र सँग भिड्दै

आर्टिस्ट खबर/ भदौ, काठमाडौँ ।

नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर चार वटा चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका ‘हामी शरणार्थी’, ‘धुम–२’, ‘देश खोज्दै जाँदा’ र ‘स्काउट’ ले अन्य चलचित्रहरुको तुलनामा प्रचारप्रसारमा खासै ठुलो ध्यान नदिइआएका छन् । यी मध्येपनि चलचित्र स्काउट सुटुक्क आएको छ । यो भन्दा अघि खासै नाम नै नसुनिएको चलचित्र स्काउटलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

'स्काउट'मा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी  रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी छ ।

‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिशेष सो समेत भैसकेको छ भने यस चलचित्रलाई दर्शक हरुले अत्याधिक मन पराएको र नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्तको जोडीलाई दर्शकहरुले बिशेष मन पराएको र उनीहरुको अभिनयले दर्शकहरुको मनमा छाप छोड्न सफल भएको कुरा निर्माता मदुकुमार श्रेष्ठ बताउछन् ।

समसामाहिक कथाबस्तुमा आधारित यस चलचित्र एकदम राम्रो बनेको र नेपाली चलचित्र प्रेमीहरुको बीच छुट्टै पहिचान बनाउन सफल हुने कुरामा नायक नबराज श्रेष्ठ बिस्वस्त छन् ।

त्यस्तै भुटानबाट नेपाल आएर बसेका नेपाली भाषी शरणार्थीहरुको कथामा निर्माता भएको चलचित्र ‘हामी शरणार्थी’ मा शिल्पा पोखरेल, जीवन भट्टराई लगायतले अभिनय गरेका छन् । यो चलचित्रलाई विजय केरुङले निर्देशन गरेका हुन् ।

अर्को चलचित्र ‘धुम–२’ मा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र लाई जयकिशन बस्नेतले नै निर्देशन गरेका हुन् । यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र  ‘देश खोज्दै जाँदा’ लाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । यो चलचित्रमा नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको कथा छ । चलचित्रमा बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राईलगायतले अभिनय गरेका छन् ।