बालकको नग्न तस्विर ट्वीट गरेका कारण ऋषि कपुर विरुद्ध उजुरी

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका चर्चित एक्टर ऋषि कपूर पछिल्लो समय आफ्नो ट्वीट का कारण विवादमा पर्दै आएका छन्। यसै विच उनको एक ट्वीट का कारण उनी फेरि एक पटक विवादमा परेका छन्। &nbsp;ट्वीटरमा एक बालकको नग्न तस्बिर पोष्ट गरे पछि उनी यतिवेला चर्चामा आएका छन्। उनको ट्वीटलाइ लिएर &nbsp;थुप्रै प्रयोगकर्ताले यसलाई रोचक बताइरहेका छन् र कतिले भने कडा आलोचना पनि गरिरहेका छन् ।उनको यसै तस्विर र टेवीटका कारण उनी कानुनी रुपमा फस्न पुगेका छन्। उनको ट्वीटमा विवाद आएपछि उनले पोस्ट पनि हटाइसकेका छन्। &nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/377c5c578d645a332797befa47c1fd4f1503811618.jpg" style="width: 455px;"><br></p><p>&nbsp;भारतीय मिडियाका अनुसार उक्त ट्वीटको विषयमा ‘जय हो’ फाउन्डेशन नामको एनजिओले ऋषि कपूरका विरुद्ध मुम्बई पुलिस कमिश्नर र मुम्बई साइबर सेललाई ऊजुरी पत्र दर्ता गरेका छन् । उक्त शिकायत पत्रमा उनले ऋषि कपूरविरुद्ध चाँडै नै एफआइआर दर्ता गर्न माग गरेका छन् । जय हो फाउन्डेशनका महासचिव एड्भोकेट आदिल खतरीले उजुरी गर्दै नाबालिग बच्चाको अश्लिल, न्यूड तस्बिरलाई ट्वीटरमा सेयर गरेको विषयमा चाँडै नै एफआईआर दर्ता गराउनुपर्ने माग गरेका थिए । तर मुम्बई साइबर सेलले भने अहिले उनीसँग यस्तो प्रकारको कुनै पनि उजुरी नआएको जनाएको छ। एजेन्सी</p>