बन्ने भयो नारी प्रधान चलचित्र ‘पटुकी’, चितवनबाट शुभमुर्हत

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली समाजमा नारीहरुको अस्तित्व कुन अवस्थामा रहेको छ भन्ने कथावस्तुमा बन्न लागेको चलचित्र पटुकीको शुभमुर्हुत सम्पन्न भएको छ। शनिबार चितवनको दुर्गा मन्दिरमा निर्माण युनिटले चलचित्रको शुभमुर्हत &nbsp;गरेको हो।&nbsp;</p><p>मनसुधा मिडिया प्रालीको ब्यानरमा बन्न लागेको चलचित्रलाई मिक्टेन कालुले निर्माण गर्न लागेका हुन्। चलचित्रमा राम नेपालको निर्देशन ,निर्माता मिक्टेनकै कथा तथा मुक्तिराम कंडेलको पटकथा रहने भएको छ। चलचित्रको संगीतको पाटो राजनराज शिवाकोटीले हेर्ने भएका छन्।&nbsp;</p><p>जेम्स बिसी, कृष्ण सुनार र रजनी केसीको मुख्य भुमिका रहने यस चलचित्रको छायांकन चितवन काठमाडौं, मुस्ताङ र पोखरामा गरिने बताइएको छ। साथै चलचित्रमा &nbsp; नवराज अधिकारी, इश्वरी बराल, गोविन्द नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ।&nbsp;</p>