करिना र शाहरुखको बोलचाल नहुनुको यस्तो कारण

भदौ, काठमाडौं।

बलिउड स्टार द्वय शाहरुख खान र एक्ट्रेस करिना कपुर लामो समय देखि एक अर्का संग बोलचाल पनि गर्दैनन्। यि दुई विच के कारण दुरी बढ्नुको कारण भने हालै खुलेको छ। हालै शाहरुखकी पत्नि गौरी खानले मुम्बईमा आफ्नो नयाँ शोरुम खोलेकी थिईन जसको ओपनिंग केही दिन अघि भएको थियो। उनले आफ्नो शोरुमको ओपनिंगमा करिना कपुरलाई पनि बोलाएकी थिईन तर करिना उक्त इभेन्टमा गइनन्। मिडियाका अनुसार करिना त्यहाँ नजानुको कारण शाहरुख हुन्।

करिना र शाहरुखको सम्बन्ध फिल्म रावनमा काम गर्ने बेलामानै बिग्रिएको थियो। त्यति वेला करिना आफ्नो प्रेमी सैफअली को फिल्म एजेन्ट विनोद मा पनि काम गरिरहेकी थिईन्।  र करिनाले रावन लाई भन्दा एजेंट विनोद लाई धेरै समय दिइरहेकी थिईन्। शाहरुखका लागि रावन ड्रिम प्रोजेक्ट थियो तर करिनाले त्यति समय नदिएका कारण शाहरुख करिना संग दुखी भएका थिए। र उनले करिना संग अब फिल्म नखेल्ने बताएका थिए।

त्यसपछि उनीहरु विच सम्बन्ध विग्रिएको थियो। उनीहरु अहिले एक अर्का संग बोल्ने पनि गर्दैनन् र भेट भएमा पनि तर्केर हिँड्ने गर्छन्। एजेन्सी