हरेक रात पिडा हुन्थ्यो भोली केहि होलाकि भनेरः धुर्मुस (भिडियो सहित)

...

sitaram kattel dhurmusसाउन, काठमाडौं ।  हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काभ्रेको पाँचखाल नगरपालिका १६का पहरी बस्तीका भुकम्प पिडित स्थानियलाई २० घर बर्नाइदिएर नेपालमै ठुलो काम गरेका छन् । मंगलबार मात्रै हस्तान्तरण गरीएको उक्त घर निर्माण गर्न पुरै ७५ दिन लागेको छ । टेलिभिजनमा सधैं हँसाएका कलाकार आफुसँगै बसेर खाएर काम गर्दा निकै खुसी थिए पहरीका बासिन्दा अझै खुसी अहिले भएका छन् जब घरको साँचो बुझेका छन् ।

७५ दिनसम्म बारीको पाटामा त्रिपाल मुनि बसेर दिनरात खटिएर निर्माण भएका २० घर हेर्दा निकै सुन्दर छन् लाग्छ पहिलो पटक आउने कसैलाई लाग्दैन कि यो बस्ती हो भनेर सबैले भन्छन् सायद कुनै होटल , रिसोर्ट होला । तर मेरी बास्सै, भद्रगोल र सगुनडटकमको सहकार्यमा तयारी पारिएको घरहरु बनाउँदा कलाकारहरुले निकै दुख गरेका छन् ।sitaram kattel dhurmus and kunjana ghimire suntali and deepa shree niraulaकलाकार सिताराम कट्टेल (धुर्मुस)ले घर हस्तान्तरण कार्यक्रममा बोल्दै हरेक रात बारीको पाटामा सुत्दा भोली के हुन्छ भन्ने चिन्ता लाग्ने बताएका छन् । हरेक रात पिडामा सुन्तु पथ्र्यो, धेरै मानिसहरु हामी बिपरीतमा थिए कतिले धुर्मुसले जंगल सिध्यायो भने । कत्तिले धम्की दिए तर पनि हामी डराएनौं र यहाँका भुकम्प पिडितहरुका लागि घर निर्माण गर्न तर्फ लाग्यौं, धुर्मुसले भने । धुर्मुस सुन्तलीले ७५ दिनको बसाईमा छोरीको मुख समेत नहेरी खटिएका थिए ।

भिडियो ।