अङ्ग्रेजी सव टाईटल सहित टंकले लिएर आए किराँती गीत (भिडियो)

भदौ, काठमाडौं।

सम्पुर्ण रुपमा किराँती (कुलुङ) भाषा समावेश भएको गीति सामग्री चुम्सिवा पोक्तो सार्वजनिक भएको छ । पछिल्लो समय विभिन्न जाती तथा समुदायले आफ्नो आफ्नो संस्कृति र संस्कार बोल्ने सामग्रीहरु बाहिर ल्याउने क्रम बढ्दो हुँदा गायक क्षितिज कुलुङले किराँती भाषामा नयाँ गीत सार्वजनिक गरेका हुन् ।

ग्रामिण भेगको एक विपन्न परिवारमा आमाको पीडालाई निर्मुल पार्न छोरा बुहारीले गरेको संघर्षको कथा गीतले बोल्छ । समाजसेवामा सकृय युवा टंक कुलुङ र अरुणा कुलुङ मुख्य फिचर हुँदा आमाको भुमिका चम्फामनी कुलुङले निभाएकी छिन् ।

हरि कुलुङको शब्द समावेश गीतको भिडियोलाई राजकुमार कुलुङले सम्पादन तथा निर्देशकको काम गरेका छन् । पछिल्लो पटक कुलुङ परिवारको पीडा वेदना बोकेर बाहिर आएका टंकले छिट्टै नै पुनः आफ्नै संस्कृति बोल्ने अर्को गीत लिएर दर्शकमाझ आउने बताए ।