‘इमेज अवार्ड’ असोजमा हुने , संगीतकार दीपक जंगमलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

भदौ, काठमाडौं।

विगत दुई दशकदेखि इमेज च्यानलले आयोजना गर्दै आएको ‘इमेज अवार्ड’को १९औं संस्करण यही असोज २७ गते आयोजना हुने भएको छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा र्पुयाउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको इमेज च्यानलले जनाएको छ ।

यसका साथै विगतका वर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, संगीतसंयोजनलगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरी २३ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको छ ।आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वि.सं. २०७३ असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको जानकारी गराइएको छ ।

२२ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।विगतमा झैं यसपटक पनि एक विधामा ‘पब्लिक च्वाइस अवार्ड’का लागि एसएमएस भोटिङ खुला गरिएको  जनाइएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिनेछ ।यस्तै, यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिने बताइएको छ ।

मनोनयन सार्वजनिक कार्यक्रममा इमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले अवार्डका लागि सहयोग गर्ने प्रायोजक टुबोर्ग, निर्णायकमन्डल तथा अरु सम्पूर्ण सम्बन्धित सहयोगीहरुलाई धन्यवाद दिए ।१९औं इमेज अवार्ड असोज २७ गते शुक्रबारका दिन सोल्टी होटलमा आयोजना गरिने जानकारी पनि सो अवसरमा गराइएको छ।